

छन्द दिवसमा नवसर्जक साहित्य चौतारीको प्रदेश कार्यालय कपिलवस्तुमा उद्घाटन



राधा पाण्डे,कपिलवस्तु । नवसर्जक साहित्य चौतारी नेपाल लुम्बिनी प्रदेश समितीको कार्यालय कपिलवस्तुमा उद्घाटन गरिएको छ । छन्द दिवसको अवसर पारी आज एक कार्यक्रमका बीच जिल्लाको बाणगङगा ८ चप्परगाउँमा कार्यालय उद्घाटन गरिएको हो । केन्द्रीय कार्यालय हेटौंडामा रहेको यस नवसर्जक साहित्य चौतारी नेपालको लुम्बिनी प्रदेश कार्यालय कपिलवस्तुमा प्रहिलो प्रादेशिक कार्यालयका रुपमा उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलकबहादुर पछाइले नेपाली साहित्य, भाषा, कलाको जगेर्ना गर्नको लागि नव सर्जक साहित्य चौतारी नेपालको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले नव प्रतिभाहरुको प्रतिभालाई प्रस्फुटन गराइ साहित्यको विकासमा जोड दिन यो संस्था अग्रसर भएकोमा थप प्रगतिको कामना गर्नुभयो ।
यस्तै वरिष्ठ साहित्यकार मोहन ज्ञवालिले यस संस्थाले नव सर्जकहरुको सिर्जनालाई जोड दिदै नेपाली साहित्यको विकासमा रहेर काम गर्न थालेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा साहित्यकार इन्द्रबहादुर कोइराला, दुर्गा पौडेल, प्रकाश भुसाल, देवका भण्डारी लगायतले सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
यस संस्थाले हरेक शुक्रवार र रबिवार बेलुका नवसर्जक पाठशाला नामक साहित्यिक प्रशिक्षण कार्यक्रम गर्दै आएको नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार ऋषिकेशव भारद्वाजले जानकारी दिनुभयो । उहाँले नवसर्जकहरुलाइ कार्यक्रममा जोडिन समेत आग्रह गर्नुभयो ।
यस संस्थाको संरक्षकत्व देशका वरिष्ठ साहित्यकारबाट भैसकेता पनि लुम्बिनी प्रदेस समितिको संरक्षकत्वमा बाल स्रस्टाको खोज अनुसन्धान गरिरहनुभएका प्रा। डा। शालिकराम पौड्यालले गर्नुभएको समेत उहाँले जानकारी दिनुभयो ।
यस साहित्यिक संस्थाले ७ वटै प्रदेशमा प्रादेशिक समिती विस्तार गर्दै तेस्रो चरणको प्रशिक्षण अभियान संचालन गर्ने तयारी समेत गरेको छ ।
नव सर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक जोशिका कडेलञ निशा झ अध्यक्षता रहेको कार्यक्रम चौतारीका सल्लाहकार ऋषिकेशव भारद्वाजको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया