

हेटौडामा बनाइयो देशकै दोस्रो ठूलो बुद्ध मूर्ति



हेटौडा । हेटौडा उपमहानगरपालिका १८ स्थित गुम्बाडाँडामा देशकै दोस्रो ठूलो ढुङ्गाको बुद्धको मूर्ति अनावरण गरिएको छ । देशकै ठूलो ढुंगाको बुद्ध मूर्ति मुक्तिनाथमा रहेको छ । एक करोड ४४ लाख रुपैयाँ खर्चेर २५ फीट अग्लो बुद्ध मूर्ति तथा बोधी चैत्य ९स्तुपा० निर्माण गरिएको हो ।
काठमाडौं ६ बौद्ध निवासी समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, सूर्यबज्र लामा, सान्तराम शाक्य, किरणरत्न शाक्य, राजेश्वरी श्रेष्ठ, हेटौंडाका समाजसेवी कमलचन्द्र सुमनलगायतको सक्रियतामा बुद्ध मूर्ति निर्माण गरिएको हो । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले एक समारोहका बीच मूर्ति अनावरण गरे ।
उक्त मूर्ति निर्माणमा सरकारी रकम लगानी भएको छैन । ुसामाजिक र धार्मिक व्यक्तिहरुबाट सहयोग उठाएर मूर्ति बनाइएको हो,ु मूर्ति निर्माण अभियानमा सक्रिय कमलचन्द्र सुमनले भने, ुतीन वर्ष लगाएर मूर्ति निर्माण गरिएको हो ।ु उनका अनुसार यो बागमती प्रदेशको सबैभन्दा अग्लो ढुंगाको बुद्ध मूर्ति हो । धार्मिक महत्वको मूर्ति अनावरण हुँदा वडा नम्बर १८ गुम्बाडाँडामा धार्मिक पर्यटन बढ्ने वडा अध्यक्ष अनिल बानियाँले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया