

हेटौडामा बनाइयो देशकै दोस्रो ठूलो बुद्ध मूर्ति



हेटौडा । हेटौडा उपमहानगरपालिका १८ स्थित गुम्बाडाँडामा देशकै दोस्रो ठूलो ढुङ्गाको बुद्धको मूर्ति अनावरण गरिएको छ । देशकै ठूलो ढुंगाको बुद्ध मूर्ति मुक्तिनाथमा रहेको छ । एक करोड ४४ लाख रुपैयाँ खर्चेर २५ फीट अग्लो बुद्ध मूर्ति तथा बोधी चैत्य ९स्तुपा० निर्माण गरिएको हो ।
काठमाडौं ६ बौद्ध निवासी समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, सूर्यबज्र लामा, सान्तराम शाक्य, किरणरत्न शाक्य, राजेश्वरी श्रेष्ठ, हेटौंडाका समाजसेवी कमलचन्द्र सुमनलगायतको सक्रियतामा बुद्ध मूर्ति निर्माण गरिएको हो । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले एक समारोहका बीच मूर्ति अनावरण गरे ।
उक्त मूर्ति निर्माणमा सरकारी रकम लगानी भएको छैन । ुसामाजिक र धार्मिक व्यक्तिहरुबाट सहयोग उठाएर मूर्ति बनाइएको हो,ु मूर्ति निर्माण अभियानमा सक्रिय कमलचन्द्र सुमनले भने, ुतीन वर्ष लगाएर मूर्ति निर्माण गरिएको हो ।ु उनका अनुसार यो बागमती प्रदेशको सबैभन्दा अग्लो ढुंगाको बुद्ध मूर्ति हो । धार्मिक महत्वको मूर्ति अनावरण हुँदा वडा नम्बर १८ गुम्बाडाँडामा धार्मिक पर्यटन बढ्ने वडा अध्यक्ष अनिल बानियाँले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया