

पाकिस्तानमा इमरान खानको पार्टीका सांसदले सामूहिक राजीनामा दिने



इस्लामावाद । पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इंसाफ (पीटीआई)का सांसदले सामूहिक राजीनामा दिने भएका छन्।
पीटीआईको संसदीय दलको सोमबारको बैठकले दलका नेता खानसहित सबै सदस्यले नेसनल असेम्बलीबाट राजीनामा दिने निर्णय गरेको हो।
पीटीआईले संसदमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया पनि बहिष्कार गर्ने निर्णय गरेको छ।
निर्वतमान प्रधानमन्त्री ख़ानले संसदीय दलको बैठकमा भने, ‘हामी उनीहरु (विपक्षी दलसँग) कहिले पनि संसदमा सँगै उपस्थित हुन सक्दैनौं।’
निवर्तमान सूचनामन्त्री फवाद चौधरीले आफ्ना सबै सांसदले राजीनामा दिने र स्वतन्त्रताको लडाईं लड्ने बताएका छन्।
पाकिस्तानमा अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खानको सत्ता ढलेको छ। विपक्षी पाकिस्तान मुग्लिम लिग पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ बहुमत जुटाएर नयाँ प्रधानमन्त्री बन्दैछन्।
विपक्षी गठबन्धनलाई इमरानले विदेशीको इशारामा चलेको आरोप लगाउँदै आएका छन्। आफ्नो सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन अमेरिकाले विपक्षीलाई फण्डिङ गरेको उनको आरोप छ।
पाकिस्तानी संसदमा इमरानको पार्टी पीटीआई सबैभन्दा ठूलो दल हो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया