

कपिलवस्तुमा यातायात सेवा कार्यालय खोलियो तर सेवा सुरु भएन



राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा गत फाल्गुण ४ गते धुमधामका साथ उद्घाटन गरिएको यातायात व्यवस्था सेवा कार्यालय दुई महिना वितिसक्दा समेत सेवा प्रवाह गर्न असफल भएको छ ।
मन्त्रीहरुको तामझामपूर्ण उपस्थितिमा एक भव्य कार्यक्रमको आयोजना गरी उद्धाटन गरीएको सेवा कार्यालयमा हाल दैनिक कार्यालय खोल्ने र कार्यालय समय सकिएपछि बन्द गर्ने मात्रै गर्ने गरिएको पाइएको छ ।
सेवा कार्यालयको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगामगरले संयूक्त रुपमा गर्नुभएको थियो । तर कार्यालय स्थापनाको दुई महिना बितिसक्यो सेवा सुचारु नहुँदा सेवाग्राही अहिले पनि लाइन बसेर बुटवलमा सेवा लिन बाध्य छन् ।
लुम्बिनी प्रदेश सरकारको श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्रालले कपिलवस्तु र अर्घाखाँची जिल्लालाई ध्यानमा राखेर तौलिहवामा सेवा कार्यालयको स्थापना गरेको थियो । तर मन्त्रालयले समयमै कर्मचारी पठाउन नसक्दा सेवा समेत सुचारु हुन सकिरहेको छैन । हाल कार्यालयमा एक जना सहायक लेखा अधिकृत कर्मचारी छन् । सहायक लेखा अधिकृत प्रविण घिमिरेका अनुसार हाल कार्यालयबाट पटकेको काम बाहेक अन्य काम हुन सकेको छैन ।
कार्यालय उद्धघाटन गर्दा राजन के.सीलाई कार्यालय प्रमूखकको जिम्मेवारी दिइएको भए पनि उनको हाल मन्त्रालयमै सरुवा भएको छ । यता सेवा कार्यालयमा प्रमूखको रुपमा आउने भनिएका कर्मचारी को हुन भन्ने सम्म कसैलाई थाहा छैन । लेखा अधिकृत घिमिरेका अनुसार अर्घाखाँचीबाट बढुवा भई एक जना दुर्गा नाम गरेका व्यक्ति आउने भन्ने सुनिएको छ । तर उनी कहिले आउने हुन भन्ने अनिश्चित छ ।
हतार हतारमा कार्यालय उद्धटन गरिएपनि कर्मचारी पठाउन नसक्दा भने सेवा कार्यालय स्थापनाको औचित्य नभएको नागरिकहरुको गुनासो छ । पहिले खटाइएका कार्यालय प्रमूखले काम गर्न अटेरी गरेपछि नयाँ प्रमूखको सरुवाको प्रक्रिया भएको श्रम रोजगार तथा यातायात व्यवास्था मन्त्रालयका सचिव दिपकराज नेपालले जानकारी दिनुभयो । यस विषयमा मन्त्रालयमा समेत कुरा भइरहेको दाबी गर्दै उहाँले अब छिट्टै नयाँ कार्यालय प्रमूख हाजिर हुन पुग्ने र सेवा सुचारु हुने समेत बताउनुभयो ।
यस सेवा कार्यालयबाट सवारी साधनको ब्लुबुक नविकरण, रुट प्रामिट, सवारी जाँच पास, पटके सेवा लगायतको काम हुने बताइएको छ । तर कार्यालय प्रमूख नै काम गर्न अटेर गरी सरुवा मागेपछि सेवा कार्यालय कामबिहिन बनेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया