

पाकिस्तान : जहाँ अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले ५ वर्षे कार्यकाल पूरा गर्न पाएनन्

पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन् । सन् १९४७ मा भारतबाट छुटिएर स्वतन्त्र देश बनेको पाकिस्तानमा १९ औँ प्रधानमन्त्री बन्नुभएका इमरान खान अविश्वासको प्रस्तावबाट बर्खास्त भएसँगै अहिलेसम्मका सबै प्रधानमन्त्रीले पूरा कार्यकाल काम गर्न नपाएका हुन् ।
पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अलीको सन् १९५१ मा हत्या भएको थियो । लियाकत अली पछिका सात जना प्रधानमन्त्रीले राजीनामा दिए । चार जना सैन्य ुकुु बाट र एक जना राष्ट्रपतिबाट अपदस्थ भए । दुई जनालाई अदालतले दोषी ठहर गरेर अयोग्य घोषणा गर्यो । तीन जनाले राष्ट्रिय सभाको पाँच वर्षको कार्यकाल पूरा भएपछि पद त्याग गरे । तर उनीहरूले पूर्ववर्ती प्रधानमन्त्रीको बाँकी कार्यकाल सम्हालेका थिए ।
अविश्वासको प्रस्तावबाट बर्खास्त हुने इमरान खान पहिलो प्रधानमन्त्री हुनुहुन्छ । पाकिस्तानमा पटक–पटक गरी झन्डै तीस बर्ष सेनाले शासन गरेको छ । पाकिस्तानमा सरकार गठन तथा सत्ता सञ्चालनका लागि सेनाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।
राजनीतिक अस्थिरता, सैन्य शक्ति, व्यापक भ्रष्टचार, आतङ्कवादी समस्याका कारण पाकिस्तानको संसद् र सरकार अस्थिर बन्ने गरेको छ । भारतसँगको तनाव र अमेरिकी प्रभावका कारण पनि पाकिस्तानी राजनीतिमा समस्या दोहोरिहने अन्तर्राष्ट्रिय विज्ञहरू बताउँछन् ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया