

स्थानीय निर्वाचन : प्रचारमा भारतीय गाडी



वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन्। दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ। स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन्। यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक मात्रामा भारतीय गाडीको प्रयोग गर्दै आएका छन्। यसको फाइदा भारतीय व्यापारीले लिएको स्थानीय यातायात व्यवसायी बताउँछन्।
कोरोना महामारीले गर्दा करिब दुई वर्ष सीमा नाकाहरू बन्द थिए। भारतीय गाडी नेपालमा देखिन छाडेका थिए। उक्त समय भइपरि आएको काममा पनि नेपाली नम्बरकै गाडीहरूको प्रयोग गर्नुपर्ने बाध्यता थियो। तर, हाल नाकाहरू खुलेपछि भन्सार तिरेर भारतीय निजी सवारी धनीहरूले गाडी नेपाल ल्याउने र यहाँ भाडामा प्रयोग गर्ने गरेका छन्। भारतीय गाडी दिनभरि राख्यो भने ३५ सयदेखि ४ हजार रुपैयाँसम्म भाडा र तेलको दाम तिरे पुग्छ।
तर, नेपाली गाडी प्रयोग गर्दा एक दिनको ५ हजारदेखि ६५ सय रुपैयाँसम्म भाडा तिर्नुपर्ने हुँदा सस्तो भाडाको लोभमा विदेशी नम्बर प्लेट प्रयोग गर्नेको संख्या बढेको हो। ‘हामीलाई त साहूले जसकोमा खट्न भन्यो त्यहाँ गएर गाडी चलाउँछौं’, विहारबाट भारतीय गाडी लिएर आएका सवारी चालक मनोजकुमार शर्माले भने, ‘गाडीको भाडाबापत कति लिने हो त्यो कुरा मालिकले नै तय गर्छन्।’
निर्वाचन प्रचार–प्रसारमा भारतीय गाडीको प्रयोग बढेपछि नेपाली गाडी भएका व्यापारीहरूको व्यापार स्वतः प्रभावित भएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया