

१७ हजार चार सय १८ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान



हालसम्म १७ हजार चार सय १८ वटा सावरीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ। महानिर्देशक नमराज घिमिरेले आफ्नै कार्यकालमा प्लेट जडानको काम सुरू गरेको बताए।
उनका अनुसार हाल एक लाख ७५ हजार ३४६ प्लेट उत्पादन भइसकेको छ।
‘सार्वजनिक खरिद नियमावलीको प्रावधानअनुसार २ वर्ष ४ महिना म्याद थप गरी इम्बोस्ड नम्बर जडानको काम सुरु गरिएको हो। यो वर्ष भित्र हामी धेरै सवारीमा यस्तो प्लेट जडान गछौं,’ उनले भने।
यस्तो प्लेट नाम टुंगो लागेका ६ वटा प्रदेशमा गत मंसिर १ गतेदेखि नयाँ दर्ता हुने सवारीमा जडान सुरू भएको विभागले जानकारी दिएको छ। फागुन १ गतेदेखि नामसारी गरिने सवारीमा जडान गरिने उल्लेख गरिएको छ।
आगामी जेठ १ गतेदेखि नवीकरण गर्ने सवारीमा प्लेट जडान गर्न राजपत्रमा समेत सूचना प्रकाशित भइसकेको छ। यस्तो प्लेट रिड गर्न परीक्षणका लागि विभागमा आरएफआइडी जेट जडान गरिएको विभागले बताएको छ।
छिट्टै थानकोटलगायत अन्य स्थानमा गेट राख्ने तयारी गरिरहेको उनले बताए। यो वर्षभित्र काठमाडौं उपत्यकाका सबै स्थानमा यस्तो प्लेट जडान गरिने उनले बताए।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया