

चुनावी तयारीका लागि राष्ट्रिय जनमोर्चा बाणगंगाको नगर भेला



जितपुर ।
राष्ट्रिय जनमोर्चा बाणगंगा नगर समिति कपिलवस्तुको नगर भेला आज बाणगंगा ६ मा संम्पन्न भएको छ ।
गणतन्त्र राष्ट्रियता धर्मनिरपेक्षताको रक्षा गरौ । संघियता एमसीसी खारेज गरौ भन्ने मुख्य नाराका साथ संम्पन्न भेलामा नगरका अगुवा कार्यक्रर्ताहरुको उपस्थिति रहेको थियो ।
भेलामा बोल्दै राष्ट्रिय जनमोर्चाका प्रमुख अतिथि जिल्ला अध्यक्ष दधिराम आचार्यले पार्टिको निति अनुसार प्रतिगमन का विरुद्ध गठबन्धनका पक्षमा पार्टि रहेको बताउदै आगामी चुनावी तयारीका लागि भेला आयोजना गरिएको बताउदै सम्पुर्ण कार्यक्रर्ताहरुलाई तयारीमा जुटन आह्वान गरेका थिए । भेलामा किसान महासँघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल, राजमो नगर सदस्य मुक्तिराम न्यौपाने लगाएतले बोल्दै एमसीसी पास गराउनेहरुलाई जनताले चुनावमा प्रश्न गर्ने दिन आएको बताए । भेलाले चुनावी तयारी समिति समेत गठन गरेको छ । भेलाले नगर अध्यक्ष डबलसिंह जि.सी को संयोजकत्वमा ६९ सदस्य प्रचार प्रसार समिति गठन गरेको छ । त्यस्तै ७ सदस्य आर्थिक परिचालन समिति समेत गठन गरेको हो ।
भेलाले वडा नं ६ को चुवानी सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । बागेश्वरी सामुदायिक वनमा भेला पश्चात सुठौलीमा सम्पर्क कार्यालय स्थापना गरि चुनावी अभियान शुरु गरिएको उपाध्यक्ष एवं वडा नं ६ का वडा अध्यक्षका उमेदवार राम प्रसाद बेल्वासे बताएका छन् ।









प्रतिक्रिया