

युक्रेनी राष्ट्रपति भन्छन् : वार्ता सफल नभए तेस्रो विश्वयुद्ध हुन्छ



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका माध्यमबाट सफलता हासिल नभए रुस–युक्रेन युद्ध अन्ततः तेस्रो विश्वयुद्धमा परिणत हुने बताएका छन् । आइतबार अमेरिकी न्यूज च्यानल ‘सीएनएन’सँग कुरा गर्दै जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको पनि बताए । उनले युद्ध समाप्त गर्ने एकमात्र तरिका वार्ता नै रहेको प्रस्ट पारे ।
जेलेन्स्कीले भने, ‘मलाई लाग्छ, हामीले वार्ताको सम्भावनाका लागि कुनै पनि प्रारुप, कुनै पनि अवसरको उपयोग गर्नुपर्छ ।’ यद्यपि जेलेन्स्कीले रुसको प्रायोजित पृथकतावादी क्षेत्रलाई स्वतन्त्र क्षेत्रका रुपमा मान्यता दिनुपर्ने कुनै पनि सम्झौता अस्वीकार्य रहेको प्रस्ट पारे ।
उनले युक्रेन नेटो संगठनको हिस्सा भएको भए यो लडाइँ सुरु नै नहुने पनि बताए । उनले भने, ‘यदि नेटोका सदस्यले हामीलाई गठबन्धनमा सामेल गराउन चाहने हो तुरुन्त गरुन् किनकि यो युद्धमा दैनिक मानिसको मृत्यु भइरहेको छ ।’


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया