

रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह



एजेन्सी
रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन पिङबीच गएराति भिडियो कुराकानी भएको हो ।
अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सीले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अहिलेसम्म रुसले गरेको आक्रमणलाई सैन्य कारबाहीको संज्ञा दिएको छैन ।
चिनियाँ राष्ट्रपति सीले रुस–युक्रेन युद्ध कुनै एउटा देशको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दुई देशबीचको युद्धलाई सबैले साझा चिन्ताको विषयका लिनुपर्नेमा बाइडेन र सी को जोड छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया