चिल्ड्रन्ज प्यारडाइजमा अध्ययनरत जोशीका राष्ट्रिय खुला कविता प्रतियोगिताको छोटो सूचिमा पर्न सफल

राधा पाण्डे / कपिलवस्तु

नेपाली साहित्याकाशमा उज्ज्वल नक्षेत्रको नाम हो, जोशिका कडेल (निशा) सानै उमेरदेखी साहित्यमा रमाउन सुरु गरेकी निशा कविता विधामा निकै अगाडी छिन् ।

चिल्ड्रन्ज प्यारडाइस ईङ्गलिस बोर्डिङ्ग हाइस्कूल बाणगंगा ०८ बोडगाउँ कपिलवस्तुकी छात्रा जोशिका कंडेल (निशा)ले दाङ औधोगिक पर्यटन कृषि पर्दर्शनी २०७८ मा साहित्यिक कार्यक्रम उपसमितिले आयोजना गरेको राष्ट्रिय खुला कविता प्रतियोगितामा अन्तिम छनौटको लागि छोटो सूचिमा नाम निकाल्न सफल भएकी छन् । उनी प्राकृति पर्यावरण शिर्षकको कवितासगै छोटो सूचीमा पर्न सफल भएकी हुन् ।

जिल्लाकै एक होनहार प्रतिभा निशा हरेक साहित्यिक कार्यक्रममा आफ्नो प्रतिभालाइ प्रस्तुत गर्दै जिल्लालाइ नै चिनाउन सफल भएकी छिन् ।

यस अघि उनी लुम्बिनी प्रदेश शिक्षा ,विज्ञान, युवा तथा खेलकुद मन्त्रालय बुटवलद्वारा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा धेरै कविहरुलाइ पछि पार्दै समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने शीर्षकको खुला कविता प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल भएकी थिइन् । अहिले उनी चिल्ड्रन्ज प्याराडाइज इ.बो.हाईस्कुल कपिलवस्तुमा कक्षा ७ मा अध्ययनरत छन् ।

बालकवी निशा दधी–स्मृति साहित्य समाज कपिलवस्तु बाट प्राची वाल साहित्य पुरस्कार तथा दधि – स्मृति साहित्य सम्मान (२०७५), लीलध्वज साहित्य प्रतिस्ठान काठमाडौंबाट कदर –पत्र (२०७५), बाणगंगा सामुदायिक पुस्तकालय बाणगंगा कपिलवस्तुबाट बाणगंगा बाल साहित्य पुरस्कार (२०७५), चिल्ड्रन्ज प्यरडाइज इ.बो.हाईस्कुल कपिलवस्तुबाट चिल्ड्रन्ज बाल साहित्य पुरस्कार (२०७५) ,दधि – स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा भएको बाणगंगा आधारभूत तह नगर स्तरीय कविता प्रतियोगितामा प्रथम पुरस्कार, छ्न्द दिवस बैशाख ८, २०७६, पल्लव साहित्यिक प्रतिष्ठान चितवनबाट शेषनाथ लामिछाने स्मृति वाल सहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान भाद्र २१ (२०७६), डा. कविताराम वाङमय प्रतिष्ठान , काठमाण्डौबाट डा।कविताराम वाल प्रतिभा पुरस्कार कार्तिक २९ (२०७६), निजी तथा आवसीय बिधालय अर्गनाईजेशन , नेपाल बाणगंगा नगर कार्यसमिति कपिलवस्तुबाट प्याब्सन बाणगंगा नगर बालसहित्य सम्मान पौष ४, (२०७६), भवानी भिक्षु स्मृति पुरस्कार लगायत दर्जन बढि पुरस्कार र सम्मानबाट सम्मानित भइसकेकी छन् ।

प्रतिक्रिया

खबर सबै