

रूससँग वार्ताका लागि युक्रेनी राष्ट्रपतिका ६ वटा सर्त



एजेन्सी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा सर्त अगाडि सार्नुभएको छ ।
राष्ट्रका नाममा सम्बाेधन गर्दै उहाँले युक्रेन शान्ति वार्ताका लागि तयार रहेको तर आफ्ना ६ वटा सर्त सम्बाेधन हुनुपर्नेमा जोड दिनुभयो ।
रूसले युद्ध अन्त्य गर्नुपर्ने युक्रेनको पहिलो सर्त रहेको छ । त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो ।
रूसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा शान्ति वार्ता सुरु भएको थियो । तर यसअघिका वार्ता परिणाममुखी हुन भने सकेनन् । गएको सोमवार चौथो चरणमा पछिल्लो वार्ता भएको थियो । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया