

युक्रेन : दुई पत्रकार मारिए



किभ
फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार युक्रेनमा मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् । किभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।
उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल घाइते भएका छन् र हाल अस्पतालमा उपचाररत छन् । फक्स न्यूजका सीईओ सुजेन स्कटले यो संगठनको लागि ‘हृदयविदारक दिन’ भएको बताइन् । स्कटले जाक्रजेव्स्की पत्रकारको रूपमा जोश र प्रतिभा बेजोड रहेको जिकिर गरिन् ।
’जाक्रजेव्स्की एक युद्ध क्षेत्र फोटोग्राफर थिए जसले फक्स न्यूजका लागि इराकदेखि अफगानिस्तानदेखि सिरियासम्म हामीसँगको आफ्नो लामो कार्यकालमा लगभग हरेक अन्तर्राष्ट्रिय कथाहरू कभर गरे’, उनले भनिन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया