

काम गर्ने माओवादी सेल्फि खिचेर प्रचार प्रसार गर्ने अरु पाटी : भुसाल



भगवती न्यौपाने
अन्याय र अत्याचारको विरोधमा बोल्ने एक मात्र पाटी माओवादी भएको नेकपा माओवादि केन्द्र लुम्बिनी प्रदेश सदस्य नारायण भुसालले बताउनु भएको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ८ को योङ कम्युनिष्टका लागि नेपाल वाइ सि यल प्रथम भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । बाटो घाटो, विद्यालय लगायत विभिन्न क्षेत्रको विकास निमार्णम सँगै समग्र पक्षमा राम्रो काम गर्ने माओवादी तर यसको श्रेय अरुले लिएको बताउदै काम गर्ने माओवादी सेल्फि खिचेर प्रचार प्रसार गर्ने अरु भएको उहाँले टिपणी गर्नु भयो ।
जिल्ला नेता विष्णु बेल्बासेले माओवादीले काम धेरै गरे पनि प्रचार प्रसार कम गरेको बताउदै बोलेर भन्दा पनि काम गरेर देखाउने उहाँले बताउनु भयो । सविधान, संसद, सरकार र कानुनको रक्षा गर्ने पार्टी माओवादी भएको बताउदै अबको चुनाबमा माओवादी पाटीको जित सुनिश्चिता भएको बताउनु भयो ।
जिल्ला समन्वय समिति सदस्य हुमनाथ पौडेल, पुर्व जिल्ला सदस्य मोहन अधिकारीले पाटीलाई चलायामान गराउदै अबको चुनाबमा उर्जाका साथ अगाडी बढ्ने बताउनु भयो । कम्युनिष्टका लागि नेपाल वाइ सि यल वाणगंगा नगरपालिका वडा कमिटिको आयोजना भएको कार्यक्रममा पुर्व किसान महासंघ केन्द्रिय सदस्य फनिराम जिसि, वडा कमिटि अध्यक्ष विष्णु पौडेल तेजेन्द्र ,नगर कमिटि सचिव प्रेम बाहादुर विक,मद्रसा अध्यक्ष सबद्धिन मिया लगायत नगर सदस्यहरुको उपस्थिति रहेको थियो ।
अविशेक थापाको अध्यक्षतामा ४१ वाई सि यल समिति गठन भएको छ । जस्को उपाध्यक्षमा विक्रम सिंह ठकुरी,सचिवमा विष्णु पौडल,सहसचिवमा मिनराज अधिकारी,कोषाध्यक्ष्मा लक्षमण पोख्रेल रहनु भएको छ भने अन्यमा सदस्यहरु रहनु भएको छ । शनिबार केही विभिन्न पाटी परित्याग गरि माओवादीमा प्रवेश गरेका थिए ।
वाणगंगा वडा नम्बर ८ का वडा कमिटि उपाध्यक्ष भागिरथ न्यौपानेको अध्यक्षता, नगर सदस्य रेवता पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव गणेस परियारले गर्नु भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया