

ओदारीमा भारतीय ट्रकको ठक्करबाट एक विद्यार्थी घाइते, स्थानिय र विद्यार्थीद्धारा नारावाजी

ईसाझाकुरा संवाददाता
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा भारतीय ट्रकको ठक्करबाट एक छात्रा घाइते भएकी छन् । नगरको वडा नम्बर ११ ओदारी चोकमा आज (शुक्रबार) दिउँसो भारतीय ट्रकले ठक्कर दिदाँ ओदारी उच्च मा.विमा कक्षा ९ मा अध्ययनरत छात्रा सृजना यादव घाइते भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
तौलिहवाबाट जितपुर तर्फ आउदै गरेको युपी ४१ एपी १५८२ नम्बरको भारतीय ट्रकले यादवलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट घाइते यादवको टाउकोमा चोट लागेको र उपचारको लागि बुटवल पठाइएको छ ।
अहिले स्थानिय तथा विद्यार्थीले सडकमा नारावाजी गरेका छन् भने सडक अवरुद्ध भएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।
केहि दिन अगाडी भारतीय ट्रकको ठक्करबाट स्थानिय अटो चालकको ज्यान गएको थियो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया