

एमसीसी बिरुद्ध ३ बिद्यार्थी संगठनको कपिलवस्तुमा बिरोध सभा



रिसव आचार्य / कपिलवस्तु
अखिल (छैठौं), विप्लव निकट अखिल (क्रान्तिकारी) र बैद्ध अखिल (क्रान्तिकारी) कपिलवस्तुको संयुक्त आयोजनामा पिपरामा एम.सी.सि. विरुद्ध विरोध प्रदर्शन गरेका छन् । २०७८ फागुन २६ गते कपिलवस्तुको पिपरा स्थित जनता मा . वि पिपरा बाट जुलुस सुरु भई पिपरा बजार परिक्रमा गरि पिपरा चोकमा पुगेर सभामा परिणत भएको कार्यक्रममा अखिल (छैठौं) लुम्बिनी प्रदेश सदस्य बिमल खरेल , अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रि र अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष दिलबहादुर चुदार ले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा उहाँहरूले राष्ट्रघाती एम.सी.सी. सम्झौतालाई संसद्मा चोर बाटोबाट कथित ब्याख्यात्क घोषणाको संज्ञा दिएर संसदबाट पारित गरे पनि यसलाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने बताउँदै एम.सी.सी. को विरुद्धमा विद्यार्थीहरूले निरन्तर सङ्घर्ष गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले संसदलाई खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो बनाएको आराेप लगाएका थिए ।
नेताहरुले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि तुरुन्त फिर्ता लिन सरकारलाई चेतावनी दिएका थिए। प्रबेधी मैत्रि शिक्षा लागू गर्नको लागि सरकारलाई ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा अखिल छैठौंका केन्द्रीय सदस्य रिसव आचार्य , जिल्ला अध्यक्ष सन्जिला बुढा , सचिव टिना अदै लगायत नेताहरूको उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन अखिल क्रान्तिकारीका जिल्ला सदस्य सपना खनालले गर्नुभएको थियो ।उपस्थित बिद्यार्थीहरुले देश र राष्ट्रको निम्ति आफ्नो रगतको खोला बगाउन समेत तयार रहेको बताएका थियो ।
र्यालिमा बिद्यार्थी हरुले राष्ट्घाति MCC सम्झौता खारज गर , दलाल सरकार मुर्दावाद , MCC का दलाल हरु मुर्दवाद , बिद्यार्थी एकता जिन्दावाद , लगायतका नाराहरु लगाएका थिए । कार्यक्रममा ५०० बढी बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया