

भारत विधान सभा चुनाव : मतगणना चलिरहँदा कुन दलकाे स्थिति कस्ताे ?



एजेन्सी
भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिल मतगणना चलिरहेको हो ।
उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भइरहेको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) अघि देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पन्जाबमा भने अरविन्द केजरीवालको आम आदमी पार्टीले जित्ने देखिएको छ ।
मतणना चलिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने हार बेहोर्ने देखिएको छ ।
ताजा मतणनाअनुसार कडा प्रतिस्पर्धा हुने ठानिएकाे उत्तर प्रदेशमा भाजपा २ सय ५४ सिटमा अग्रता बनाएको छ । त्यस्तै समाजवादी पार्टी एक सय १३ सिटमा अघि देखिएको छ । यस्तै कांग्रेस र बहुजन समाजवादी पार्टी समान तीन–तीन सिटमा अघि देखिएका छन् ।
पन्जाबमा आम आदमी पार्टी ९१ सिटमा अघि देखिँदा सत्तारुढ बीजेपी मात्र दुई सिटमा अघि छ । यस्तै कांग्रेस १७ र शिरोमणि अकाली दल (एसएडी) ६ सिटमा अघि देखिएको छ ।
६० सिट भएको मणिपुरमा बीजेपी २३ सिटमा अघि देखिएको छ । त्यस्तै कांग्रेस दुई सिटमा अघि देखिँदा अन्य १७ सिटमा अघि छ ।
४० सिट भएको गोवामा बीजेपी १८ सिटमा अघि देखिँदा कांग्रेस र अन्य समान ११–११ सिटमा अघि देखिएका छन् ।
७० सिट भएको उत्तराखण्डमा बीजेपी ४१ सिटमा अघि देखिँदा कांग्रेस २६ सिटमा अघि छ । यस्तै अन्य तीन सिटमा अघि देखिएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया