

कार्यकर्ता तानातानमा दल – अर्घाखाँची

अर्घाखाँची — एक साताअघि एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीले पाणिनि गाउँपालिका–२ पोखराथोकमा पार्टी प्रवेश कार्यक्रम राखेर कांग्रेसका पुराना स्थानीय नेता ५९ वर्षीय पोतबहादुर बगालेलाई पार्टी प्रवेश गराए । उनीसहित कांग्रेस, माओवादी, राजमो र नेकपा समाजवादीबाट २ सय ५० जनाजति एमाले प्रवेश गरेका थिए ।
त्यसपछि कांग्रेस नेताले घरमै पुगेर बगालेलाई फर्काएर टोल समितिको उपसभापति बनाए । सामाजिक सञ्जालमा पार्टी प्रवेश गर्ने र प्रवेश गरेकाहरू फर्किएको भन्दै नेता तथा कार्यकर्ताको जुहारी चलिरहेको छ । कांग्रेस प्रदेशसभा (ख) का उपसभापति अर्जुन पोखरेलले कांग्रेस छाडेर एमाले प्रवेश गरेकालाई क्रमशः फर्काउन छलफल चलिरहेको बताए ।
जिल्लाका तीन नगरपालिका मध्ये सन्धिखर्क र सितगंगामा कांग्रेस र एमालेबीच कडा टक्कर छ । भूमिकास्थानमा भने कांग्रेस तेस्रो स्थानमा छ । तीन गाउँपालिका मध्ये मालारानीमा एमालेको जनाधार बाक्लो छ । यहाँ पनि कांग्रेस तेस्रो स्थानमा छ । छत्रदेवमा कांग्रेस बलियो छ ।
पाणिनिमा १५ सय कम्युनिस्ट कार्यकर्ता कांग्रेसमा प्रवेश गरेकाले कांग्रेसलाई एक्लै चुनाव जित्न सजिलो रहेको दाबी नेताहरूको छ । स्थानीय तहको चुनावमा पार्टी कार्यकर्ताको मतसंख्या मात्रै नभएर उम्मेदवारलाई हेरेर पनि स्थानीयले मतदान गर्ने भएकाले लोकप्रिय उम्मेदवारलाई अघि सार्ने तयारीमा दलहरू छन् । गाउँमा यतिबेला उम्मेदवार बनाउने आश्वासन दिँदै कार्यकर्ता तान्ने होडबाजी पनि चलेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया