

रुस र युक्रेनबीच दोस्रो चरणमा वार्ता : युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेन

एजेन्सी
रुस र युक्रेनबीच दोस्रो चरणकाे वार्ता भएको छ । वार्तामा युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेको छैन । तर युक्रेनबाट बाहिरिन चाहने नागरिकका लागि बाटो दिन दुवै पक्ष सहमत भएका छन् ।
युक्रेन–बेलारुस सीमा नजिक भएको वार्तामा मानवीय करिडोर व्यवस्थित गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वार्ता सुरु हुनुअघि दुई देशका प्रतिनिधिले हात मिलाएका थिए । वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल हिजो बिहीवार हेलिकप्टरबाट वार्तास्थल पुगेको थियो ।
रूसी वार्ताकारको नेतृत्व गरेका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले रूसी प्रतिनिधिमण्डल युक्रेनसँग सम्झौता गर्न लामो समयसम्म वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । वार्ताअघि नै युक्रेनी वार्ताकार डाभिड अराखमियाले आफूहरू द्वन्द्वग्रस्त क्षेत्रबाट बाहिरिन दिन मानवीय बाटो खुला गराउन केन्द्रित हुने बताउनुभएको थियो ।
यसअघि गएको सोमवार भएको पहिलो चरणको वार्तामा कुनै पनि सहमति हुन सकेको थिएन । युद्ध सुरु भएपछिका आठ दिनमा युक्रेन छाडेर जानेहरूको सङ्ख्या १० लाख नाघेको संयुक्त राष्ट्र सङ्घले बताएको छ ।
यसैबीच रुसी सेनाले हिजो युक्रेनको दक्षिणी क्षेत्र खेर्सनलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको छ । कृष्ण सागरमा रहेको बन्दरगाह सहर खेर्सन युक्रेनको प्रमुख प्रशासनिक तथा आर्थिक केन्द्र हो । युक्रेनको राजधानी किएभसहित उत्तरपूर्वी खार्किभ र दक्षिणपूर्वमा मारियुपोललगायत अन्य सहरमा पनि रुसले आक्रमण गरिरहेको छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया