

म्यादी प्रहरीको कार्यावधि घट्ने, कति हुन्छ तलब ?



२०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ ।
तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ । म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्था छ । एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइन्छ ।प्रहरी प्रधान कार्यालयका अनुसार, यसमा बजेट र निर्वाचन अवधिलाई मुख्य कारण देखाइएको छ । निर्वाचन आउन ७५ दिन बाँकी छ । सो अगावै म्यादी प्रहरीलाई हप्तादेखि दस दिनको तालिम दिइसक्नुपर्ने हुन्छ । विगतमा दुई महिनाको तलब सुविधासहित म्यादीलाई बिदाइ गरिन्थ्यो । तर, यसपटक एक महिना १० दिनभित्र बिदाइ गर्ने तयारी भएको नेपाल प्रहरीको निर्वाचन सुरक्षा कार्ययोजनामा उल्लेख छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया