

स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता



स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।
आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी दिए । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ ले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ४८ बमोजिम निर्वाचनमा भाग लिन चाहने दफा ४ बमोजिम दर्ता भएका दलले आयोगले तोकेको कार्यविधि पूरा गरी आयोगमा दर्ता हुनुपर्नेछ ।
तोकिएको समयभित्र दर्ता हुने दलबारे आयोगले फागुन १६ देखि २३ गतेसम्म निर्णय गर्नेछ । दर्ता भएका दलको नामावली आयोगले नेपाल राजपत्रमा प्रकाशित गर्नेछ । आयोगमा दल दर्ताका लागि निवेदन दिएकामा छवटा दल मात्रै राष्ट्रिय मान्यता प्राप्त दल हुन् । सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी राष्ट्रिय मान्यता प्राप्त दल हुन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया