

त्रिविमा डेढ महिनादेखि तालाबन्दी



त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका कारण ताला खुल्न नसकेको आरोप लगाएका छन् ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले प्रधानमन्त्री एवं कुलपति देउवा र शिक्षामन्त्री एवं सहकुलपति पौडेलसमक्ष तालाबन्दी खोल्नका लागि पहल गर्न अनुनय विनय गर्दा समेत बेवास्ता गरेको आरोप लगाएका हुन् । तीन पदाधिकारीले प्रम कार्यालय र मन्त्रालयमै गएर कुलपति र सहकुलपतिलाई तालाबन्दी खोल्नका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
शिक्षामन्त्री एवं सहकुलपति पौडेलले त्रिविभित्रको समस्या पदाधिकारीबाटै हल गरिनुपर्ने बताउँदै आएका छन् । प्रम एवं कुलपति देउवाले भने करिब एक महिनादेखि नै यो विषयमा आफू जानकार रहेको भन्दै चाँडै समस्या समाधान गर्ने आश्वासन दिएका थिए। तर अहिलेसम्म ताला खुल्न सकेको छैन ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया