सोमबार देखि बाणगंगामा राष्ट्रिय परिचयपत्र बनाइदै

जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा सोमबार देखि राष्ट्रिय परिचय पत्र वितरण अभियान सुरु हुँदै छ । सरकारले लागु गरेको राष्ट्रिय परिचयपत्र निति अन्र्तरगत कपिलवस्तुका नागरिकका लागि पनी परिचयपत्र बनाउन सहज गर्न थालिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताएका छन् ।

यस अगाडी जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको परिचय पत्रको टोली अव गाउँ गाउँ जाने उनले बताए । कपिलवस्तुको बाणगंगामा प्रमूख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच भएको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रिय परिचय पत्र अव बाणगंगा नगरपालिकाका वडाबाट शिविर संचालन गर्ने बताएका हुन् । उनले यस अभियानमा कोहि पनी नछुट्न आग्रह समेत गरेका छन् । बाणगंगा नगरबाट संचालित घुम्ति टोली क्रमशः अन्य नगर तथा गाउँपालिका पुग्ने बताईएको छ ।

नगरपालिकाको वडा–वडामा राष्ट्रिय परिचय पत्र बनाउने टोली परिचालन सोमबारबाट हुने भएकाले प्रत्येक व्यक्ति आफ्नै गाउँको शिविरमा पुगेर नाम दर्ता गराउन आग्रह गरेका हुन् । प्रजिअ पाण्डेले अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै भने, व्यक्तिको वैयक्तिक र जैविक विवरणसहितको डिजिटल पहिचान स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले बहुउपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि सारेको छ, नेपाली नागरिकता प्राप्त नागरिकले मात्र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेकाले नागरिकता लिएका सबैलाई सो विवरण भराउन आग्रह गर्दछु ।”

आधुनिक युगमा डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामको लागि समेत प्रयोगमा ल्याउन सकिने हुनाले यो परिचयपत्रको अत्यन्त महत्व रहने बताए ।

व्यक्तिगत परिचय नम्बर उल्लेख हुने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण, औँठाको छाप, फोटो तथा आँखाको नानीको तस्बिरसहितको सूचना सङ्कलन गरिने हुँदा नागरिकको संवेदनशील विवरणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सङ्कलनको काम गरिने समेत बताएका थिए ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पंन्थी ले राज्यले दिने सम्पूणर् सेवा र सुविधा सहज र सुलभ बनाउन राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि ल्याइएको भन्दै आईतबारबाट नै तयारी अवस्थामा बसेर सोमबारबाट काम शुरु गरिने भएको हुदाँ वडा सचिवहरुलाई तयारीमा लाग्न निर्देशन जारी गरेका थिए ।

त्यस अवसरमा बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले राष्ट्रिय परिचयपत्र नागरिकको लागि उपयोगी भएको बताउँदै यसबाट नागरिकको व्यक्तिगत पहिचान राष्ट्रबाट हुने भन्दै सरकारले चुनावी मिति तय गरिसकेको अवस्थामा यो काम थपिदा झन्जट भएतापनी व्यवस्थापन गरिने बताए ।

के हो राष्ट्रिय परिचयपत्र ?

नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने अवधारणा ल्याईएको थियो । तर, विभिन्न कारणले परिचयपत्र वितरणमा ढिलाई भईरहेको थियो । तर, अहिले सरकारले विकास र समृद्धिको विषयलाई राष्ट्रिय परिचयपत्र जोडेपछि यो प्रक्रियाले तिव्रता पाएको छ ।

सरकारले पहिलो चरणमा पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्नेछ । दोस्रो चरणमा १५ जिल्ला र तेस्रो चरणमा २५ जिल्लामा परिचयपत्र वितरण हुनेछ ।

राष्ट्रिय परिचय पत्रलाई अन्तराट्रिय मापदण्डको डिजिटल कार्ड भन्दा हुन्छ । राष्ट्रिय परिचय पत्रमा बाहकको दश औठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेटिने छ ।

एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता,लाइसेन्स,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झट हुँदैन । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । कुुनैपनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचय पत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको राष्ट्रि परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

एक जना व्यक्तिलाई उपलब्ध गराएको राष्ट्रिय परिचय पत्र नम्बर कहिल्यै दोहोरिँदैन । परिचय पत्रको विवरण अनलाइनमा व्यवस्थित गरिए पश्चात बाल बालिकाको जन्म दर्तामा दिइएको नम्वर नै उस्को स्थायी परिचय पत्र नम्वर हुन्छ । र उसले प्राप्त गर्ने सबैखाले सुबिधा सोहि नम्बरमा समाबेश हुन्छन । राष्ट्रिय परिचय पत्रको विवरण जो कोहिले पढ्न सक्दैन त्यहाँ समेटिएको विवरण हेर्न छुट्टै रिडर मेसिनको व्यवस्था गरिएको छ ।

विकास र समृद्धिको मुद्धालाई मूर्त रुप दिन सरकारले आफ्ना सबै अंगलाई चुस्त वनाउदै प्रविधी मैत्रि वातावरण तयार गर्दै छ ।

कहिले बाट शुरू भयो

मसिर तीन गते पाँचथरको फिदिम नगरपालिका ४ शान्तिपुरकी १ सय १ वर्षीय भगवतीदेवी भण्डारीलाई गृह मन्त्रि रामबहादुर थापाले पहिलो पटक परिचयपत्र प्रदान गर्दै यस कार्यको शुभारम्भ गरेक हुन । सरकारले यही चैत्र मसान्त भित्रमा देशभर अनलाईन मार्फत राष्ट्रिय परिचयपत्रको वितरण शुरु गर्ने बताएको छ ।

प्रतिक्रिया

खबर सबै