

विदेशी कम्पनीले समानान्तर सरकार चलाउँछन्, यथास्थितिमा पारित गर्नुहुँदैन : गिरिराजमणि पोखरेल



काठमाण्डौँ
नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी सम्झौता पारित भए नेपालमा विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बताएका छन् । प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले एमसीसी सम्झौतामा भएका केही अनुसुसूचीहरु नेपालको संविधान र कानुनभन्दा माथि रहने भनिएकाले एमसीसी पारित भए विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार चलाउने बताएका हुन् ।
यो पारित भएमा विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार जस्तै सञ्चालन गर्नेछन्’ पोखरेलले सोही कारण बौद्धिक वर्गले एमसीसीलाई इष्ट इण्डिया कम्पनीसँग त्यसै तुलना नगरेको दावी गरे । उनले सम्झौता पुरक नहुँदै एक दर्जन पुरक सम्झौता पनि भएको भन्दै ति दस्तावेजहरु संसदमा उपलव्ध गराउनुपर्दैन ? भनेर प्रश्न गरे । उनले सम्झौतालाई यथास्थितिमा पारित गर्न नहुनेमा जोड समेत दिए ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया