

दबाबमा प्रचण्ड र नेपाल



काठमाडौं
अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ ।
त्यस्तै सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।
अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा २०६८ मा एमसीसी सम्झौताका अध्याय प्रारम्भ भयो तर अनुमोदनको चरणमा आइपुग्दा प्रचण्ड र डा. भट्टराई अलग–अलग पार्टीको नेतृत्व गरिरहेका छन् । त्यसै कारण दुवै नेतालाई आँफैले अघि बढाएको एमसीसी परियोजना अनुमोदनका लागि नैतिक दबाब छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि गर्नुभएको आग्रह नकार्ने अवस्थामा उहाँहरू हुनुहुन्न किनभने यो विषय सत्ता गठबन्धनसँग पनि गाँसिएको डा. भट्टराई बताउछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया