

मानव अधिकार एलाइन्स कपिलवस्तुको अध्यक्षमा अधिकारी



मानव अधिकार एलाईन्स जिल्ला शाखा कपिलवस्तुको अध्यक्षमा थानेश्वर अधिकारी निर्वाचित भएका छन् । आज सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा भएको एलाइन्सको आठौ जिल्ला अधिवेशनबाट अधिकारी अध्यक्षमा १३ सदस्सिय जिल्ला कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रीता थापा बोहोरा, सचिवमा पार्वती आचार्य, सहसचिवमा टुक प्रसाद अर्याल , कोषाध्यक्षमा नुर मोहम्मद मुसालमान रहेका छन् भने सदस्यहरुमा सागर पौडेल,मञ्जु भट्टराई,धनेश्वरी घर्ति, मधु पाण्डेय,अजय सिंह चौधरी र रविन्द्र प्रताप सेन रहेका छन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेलले मानव अधिकार एलाइन्स मानव अधिकार क्षेत्रको अग्रणी संस्था रहेको बताएका छन् । यसले मानव अधिकारको संरक्षण प्रवद्र्धन गर्न अहम् भुमिका खेलेको बताएका छन् । कार्यक्रमका बिशिष्ट अतिथि तथा नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष तथा मानव अधिकार एलाइन्स कपिलवस्तुका संस्थापक सदस्य डम्मर शर्माले मानव अधिकार एलाइन्सले आसन्न स्थानिय तहको निर्वाचनलाई स्वच्छ निस्पक्ष र धाँधली रहित बनाउन प्रभावकारी रुपमा पर्यवेक्षण गर्नु पर्ने बताए ।
यस संस्थामा सामाजिक संघ संस्थाका नेतृत्व गरेका अनुभवी व्यक्तिहरु रहेको हुनाले यसले हरेक व्यक्ति र समुदायका व्यक्तिहरुको वकालत गर्नु पर्ने बताएका छन् । कार्यक्रममा नेकपा एमाले प्रदेश समिति सदस्य तथा मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य सुर्य कुमारी शाही, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा एलाइन्स जिल्ला इन्चार्ज चेतना अधिकारी, बाणगंगा नगर कार्यपालिका सदस्य गीता भुसाल लगायको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका सचिव थानेश्वर अधिकारीद्धारा प्रस्तुत साँगठनिक प्रतिवेदन सर्व सहमतीबाट पारित गरिएको छ ।
मानव अधिकार एलाइन्स कपिलवस्तुमा जिल्लामा क्रियाशिल १८ वटा सामाजिक संघ संस्थाहरु आबद्ध रहेका छन् । कार्यक्रम मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षता उपाध्यक्ष गीता भुषालको स्वागत र सचिव थानेश्वर अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया