

अपराधबाट उम्कन शक्तिकेन्द्रमा दौडधुप



२५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा छानबिनमा परेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रमा दौडधुप गरिरहेको पाइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्सका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर छानबिन गर्दै आइरहेको छ ।
छानबिनकै क्रममा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सो विवरण दिन आलटाल गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालयले ढेड साताअघि नै सबै सञ्चालकसँग विवरण माग गरे पनि हालसम्म उनीहरूले कुनै विवरण बुझाएका छैनन् । विवरण बुझाउनुको साटो केही सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रकहाँ धाइरहेको बुझिएको छ ।
केही समय अघि मात्रै राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिका सातै जना सञ्चालकलाई बयानका लागि बोलाए पनि तीन जनाले मात्रै बयान दिएका थिए । सञ्चालक रजनीश कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवाल बयानका लागि गएका थिए भने बाँकी सञ्चालक निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्र अग्रवाल र बेनित अग्रवाल हालसम्म पनि बयानका लागि गएका छैनन् ।
यो समाचार राजधानी दैनिकमा छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया