

एक महिनामा ५३ हजारलाई श्रम स्वीकृति



कोरोना संक्रमणको तेस्रो लहरका बीचसमेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रम स्वीकृतिको संख्या ५३ हजार पुगेको छ । पुसमा श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने केही घटेको छ।
पुसमा ६६ हजार ६२५ जनाले श्रमस्वीकृति लिएकोमा माघमा ५२ हजार ९ सय जनाको श्रमस्वीकृति जारी भएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टले श्रम गन्तव्यमा समेत असर गरिरहेका बेला अनलाइन तथा अन्य माध्यमबाट श्रमस्वीकृति लिनेको संख्या ५२ हजार ९०१ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ।
यसमध्ये पनि महिलाको संख्या ३ हजार ७५३ रहेको वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालय ताहाचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा २६ हजार ३७ जनाले विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या माघ महिनामा करिब ५३ हजार पुगेको छ। यसैगरी अघिल्लो वर्षको माघमा भने १७ हजार ८८७ जनाले मात्र श्रमस्वीकृति लिएका थिए।
आजको कारोबार दैनिकमा समाचार छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया