अमृते सामुदायिक वनले उपभोक्तालाई दियो माटो सुधारक औषधी

ई–साझाकुरा, भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नम्बर ९ भर्तापुरका झण्डै ३ सय परिवारले निशुल्क भुमि केयर नामक माटो सुधारक औषधी पाएका छन् ।
वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वन समितिले आफ्नै लागतमा खरिद गरि ल्याएको सो औषधी कृषि क्षेत्रमा माटो सुधार गरी उत्पादनमा समेत बृद्धी गर्ने उद्देश्यले आफ्ना उपभोक्ता समुहका परिवारलाई वितरण गरेको हो ।
नेपाल सरकारद्धारा स्विकृती प्रदान गरिएको सो मल वन कार्यसमितिले चितवनबाट खरिद गरि ल्याएको वनका अध्यक्ष गोपाल गिरिले जानकारी दिनुभयो । विशेष गरी माटोमा क्याल्सिएम, सल्फर, मैगनिशियम र हाई पि.एचको मात्रा पुरा गर्न यो पाउडर उपयोगी हुने र उत्पादन बृद्धि गराउन समेत सहयोग मिल्ने गर्दछ । विरुवालाई आवश्यक पर्ने १६ तत्व मध्ये भुमि केयर( माटो सुधारक) पाउडर सहायक तत्वको आवश्यकतालई पुरा गर्ने उल्लेख छ ।
यस्तै सो पाउडर सँगै वन समितिले किसानहरुलाई जिंक प्लस पनि वितरण गरेको छ । वनका उपभोक्ताहरुलाई प्रति परिवार २ किलोग्राम भुमि केयर र ५ सय ग्राम बराबरको एक प्याकेट जिंक प्लस वितरण गरिएको वनकी उपाध्यक्ष राधा खनालले जानकारी दिनुभयो ।
अमृते सामुदायिक वनले आफ्ना वन उपभोक्ताहरुको कृषि कर्मलाई उत्पादनमुखि बनाने उद्देश्य सहित आफ्नै लागत खर्चमा सो मल खरिद गरि ल्याएको हो । वन समितिले सो औषधी सँगै बेमाँैसमी तरकारीका बिरुवा समेत निशुल्क वितरण गरेको छ ।

प्रतिक्रिया

खबर सबै