

जसलाई १४ महिनामा पनि निको भएन कोरोना

एजेन्सी
टर्कीका मुजाफ्फर कायसनलाई पहिलोपटक कोरोना संक्रमण हुँदा सबैले उनको मृत्यु हुन्छ भन्ने आशंका व्यक्त गरेका थिए। यस्तो आशंका गरिनुको कारण उनलाई पहिलादेखि नै ल्युकेमिया रोग थियो।
त्यसयता १४ महिना बितिसकेको र ७८ पटक उनको कोरोना परीक्षण भइसकेको छ। तर पनि उनलाई कोरोना संक्रमण निको भएको छैन। उनको कोरोना परीक्षणमा निरन्तर पोजेटिभ आइरहेको छ।
५६ वर्षीय कायसन टर्कीमा सबैभन्दा लामो समयसम्म निरन्तर कोरोना संक्रमण देखिएका व्यक्ति हुन्। डाक्टरहरुका अनुसार क्यान्सरको कारण उनको रोग प्रतिरक्षा प्रणाली कमजोर भएकाले पनि लामो समयसम्म उनलाई कोरोना संक्रमण निको नभएको हुन सक्ने बताएका छन्।
सन् २०२० को नोभेम्बरदेखि निरन्तर अस्पताल धाइरहनु परे पनि कायसनको आत्मविश्वास भने बलियो छ।
‘मलाई के लाग्छ भने यो पोथी कोभिड हो र उनी मप्रति निकै आशक्त भएकी छिन्’, कायसनले ठट्टा गर्दै भने। पछिल्लो १४ महिनामध्ये ९ महिना उनी अस्पतालमा बसे भने ५ महिना उनी आफ्नो फ्ल्याटमा एक्लै बस्दै आएका छन्। उनी आफ्ना नातिनातिनाहरुसँग सिसाभित्रैबाट कुरा गर्छन्।
प्रतिरोधी क्षमता कमजोर भएका मानिसमा कोरोना संक्रमणको जोखिम बढी हुने गत वर्ष सार्वजनिक भएको एक अध्ययनले देखाएको थियो।
त्यस्तै ल्युकेमिया र लिम्फोमा सोसाइटीले गरेको अर्को अध्ययनले पनि ब्लड क्यान्सर भएका मानिसमा कोरोना खोपको दोस्रो डोज लिँदा पनि एन्टिबडी विकास हुन नसकेको देखाएको हो।
कायसनका डाक्टर सेरप सिमसेक याभुज आफूले पहिलोपटक लामो समयसम्म कोरोना संक्रमण कायम रहेको देखेको बताए। ‘कोही मानिसमा ४४१ दिनसम्म कोरोना संक्रमण देखिएको अहिलेसम्म पाइएको छैन’, अर्का डाक्टर काग्रि बुक बताउँछन्।
कोरोना संक्रमण देखिएकै कारण कायसनले कोरोना खोप पनि लिन पाएका छैनन्। टर्कीको नियमअनुसार कोरोना खोप लिनको लागि कोरोना संक्रमणबाट मुक्त भएको हुनुपर्छ।
कायसनलाई कोरोना संक्रमण भएपछि स्वाद र गन्ध हराएको छ। उनले अधिकारीहरुसँग कोरोना खोपको मापदण्ड आफ्ना लागि मात्र भए पनि छूट दिन आग्रह गरेका छन्।
उनका छोरा गोखान कायसन आफ्ना पिता सधैं पोजेटिभ (सकारात्मक) व्यक्ति भएको बताउँछन्।
‘हामीले उनी यति धेरै पोजेटिभ (सकारात्मक) व्यक्ति हुन् भनेर उदाहरण दिने गरेका थियौं र अहिले उनीमा कोरोना पनि पाजेटिभ देखिएको र यो नेगेटिभ हुन मानिरहेको छैन’, उनले भने।
‘उनी आफूलाई रातो बत्तीमा रोकिएको तर हरियो बत्ती नबलेर अघि बढ्न नपाएको बताउँछन्’, गोखानले भने।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया