

प्रदेश स्तरीय कविता प्रतियोगितामा कपिलवस्तुका कडेँल र भुषाल छोटो सूचिमा समावेश



राधा पाण्डे, कपिलवस्तु ।
“समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश” भन्ने शीर्षकको खुला कविता प्रतियोगितामा कपिलवस्तुको बाणगंगाबाट कविद्धोय जोशिका कँडेल (निशा) र सुर्यप्रसाद भुसाल प्रतियोगिताको छोटो सुचीमा पर्न सफल भएका छन् ।
लुम्बिनी प्रदेश, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय बुटवलद्वारा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा धेरै कविहरुलाई पछि पार्दै कविद्वोय कँडेल र भुषाल छोटो सुचिमा पर्न सफल भएका हुन् । मन्त्रालयले माघ १२ मा सूचना जारी गरि श्रस्टालाई आफ्ना सिर्जना विधुतीय माध्यमबाट पठाउन आग्रह गरेको थियो । सोही अनुसार उनीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
जिल्लाकै एक होनहार प्रतिभा निशा हरेक साहित्यिक कार्यक्रममा आफ्नो प्रतिभालाई प्रस्तुत गर्दै जिल्लालाइ नै चिनाउन सफल भएकी छिन् । उनी कपिलवस्तुमा रहेर सानै उमेर देखि साहित्य क्षेत्रमा लागेकी हुन ।
प्रतियागिताको छोटो सुचिमा परेका कविहरुको भर्चुअल माध्यमबाट फागुन २ गते पुनःरचना वाचन हुने र सोही साहित्यिक रचनालाइ मूल्याकंन गरि उत्कृष्ट छानिने पनि मन्त्रालयले जानकारी दिएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र








प्रतिक्रिया