

श्रीआठ पुस्करको कविता : ‘फरक’



श्रीआठ पुस्कर भुषाल ।
उस्को डोली उठ्यो
मेरो कफन उठ्यो
फुल त्यहाँ पनि थिए
फुल यहाँ पनि थिए
महफिल त्यहाँ पनि थियो
मान्छे यहाँ पनि थिए
उनीहरुको हासो त्यहा
इनीहरुको रोदन यहाँ
साथी उस्का पनि थिए
साथी मेरा पनि थिए
माला त्यहा पनि थिए
माला यहाँ पनि थिए
उनी सजिएर गइन
मलाई सजाएर लगे
उनी उठेर गइन
मलाई उठाएर लगे
फरक यति मात्र थियो साथी
उनलाई भित्राए
मलाई जलाए …


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया