

अर्घाखाँचीको खाँचीकोट दरबार ओझेलमा



उमेश बन्जाडे
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकादेखि झण्डै ८ किलोमिटरको दुरीमा पर्ने ऐतिहासिक खाँचीकोट दरबार ओझेलमा परेको छ ।
बाइसे चौबिसे राज्य हुँदा अर्घाखाँचीमा अर्घा र खाँची दुई वटा राज्य थिए । खाँचीका तेह्रौ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका नरभुपाल शाहसँग भएको थियो ।
उनी पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन् । आफ्नो सन्तान नभएपनि चन्द्रप्रभाले पृथ्वीनारायणको लालनपालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । शक्तिशाली गोर्खा राज्यसँग सम्बन्ध रहेको खाँचीको ऐतिहासिक महत्व रहेको छ ।
खाँची दरबार रहेको स्थानबाट सन्धिखर्क बजार सहित अर्घाखाँची, गुल्मी , पाल्पा जिल्लाका विभिन्न ठाउँ र सुन्दर हिमश्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । सुपा देउराली– नरपानीमा आउने पर्यटकलाई खाँचीकोटमा अवस्थित दरबारमा आकर्षित गर्न प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीयको भनाई रहेको छ ।
सुपा देउराली नरपानीमा आउँदा नजिकै रहेको ऐतिहासिक महत्वको खाँचीकोट दरबारसम्म पुगी उक्त स्थान नयाँ पुस्तालाई इतिहास बुझ्न, प्राकृतिक वातावरणमा रमाउन, फोटो खिच्न र टिकटक बनाउन उपयुक्त रहेको छ ।
यसै मन्दिरमा विशेष गरि दशैंको नवदुर्गाको पुजाआराधाना गरि दशैंको तेस्रो दिन अर्थात त्रियादशीको दिन पौराणिक सराय मेला नाँच हुँदै आइरहेको छ । प्रचारप्रसारको कमीका कारण यहाँका महिमा र शक्ति पीठबारे जानकारी नभएका कारण भक्तजन आउन नसकेको स्थानीयवासीको भनाई रहेको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया