

यस कारण रातारात सारियो प्रतिनिधि सभा बैठक



काठमाडौं
चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ ।
पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो । सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको हो । कुनै पनि सूचना प्रायः कार्यालय समयमा नै जारी गरिन्छ । नभए अर्को सदन बिहानै सूचना जारी गरिन्छ ।
सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसद्मा प्रवेश गराउने विषयले पनि प्रवेश पाएको तर त्यसमा कुरा नमिलेको एक नेताले बताए । गठबन्धनभित्र एमसीसी सम्झौता संशोधन गरेर मात्र संसद्बाट पारित गर्नुपर्ने मत बलियो रहेको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन मिति तोक्ने प्रस्ताव राखे पनि बैठकले स्वीकार नगरेको स्रोतको दाबी छ । तत्काल एमसीसी संसद्मा पेस गर्न नहुने अडानपछि प्रतिनिधि सभा बैठक १० दिन पर सार्न रातारात सूचना जारी गर्न लगाइएको बुझिएको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया