२४ घण्टामा ६ हजार ८ सय २७ जनामा काेराेना पुष्टि, १० सङ्क्रमितकाे ज्यान गयाे

काठमाण्डाै

पछिल्लाे २४ घण्टामा नेपालमा ६ हजार आठ सय २७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाकाे नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै थप पाँच हजार चार सय ३२ जना निकाे भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या आठ लाख ४२ हजार चार सय ३६ पुगेकाे छ । नेपालमा अहिले ८९ हजार नाै सय ४१ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेकाे छन् ।

२४ घण्टामा १० जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ९७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

यसैबीच २४ घण्टामा एक लाख २८ हजार ६ सय ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ६ लाख ४ हजार १ सय ५२ मात्रा खोपको प्रयोग भएकाे छ । यसमा एक करोड ६४ लाख ७४ हजार पाँच सय १४ जनाले पहिलो मात्रा र एक करोड ३८ लाख ३३ हजार ६ सय २९ जनाले पूर्ण मात्रा र दुई लाख ९६ हजार नाै जनाले अतिरिक्त खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया