

कपिलवस्तुमा सबैभन्दा बढी राजश्व तिर्ने मुसलमान भए सम्मानित



कपिलबस्तु ।
७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सार कार्यालयले सबै भन्दा बढी भन्सार राजश्व तिर्ने करदातालाई सम्मान गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा सुठौली भन्सारले संकलन गरेको रकम मध्ये बढी राजश्व तिर्ने करदाता हबिबुल्लाह मुसलमानलाई सम्मान गरेको हो ।
भन्सारको चालु आर्थिक वर्षका लागि १ अर्ब ९५ करोड लक्ष्य रहेको छ । ६ महिनाका लागि ९६ लाखको लक्ष्य रहे पनि चालु आर्थिक वर्षको साउन महिना देखि पुस महिना सम्म ८६ लाख ८३ हजार (लक्ष्यको ८९ दशमलव ६३ प्रतिशत) संकलन भएको मध्ये सबै भन्दा बढी राजश्व तिर्ने रहमानी टे«डर्सका संचालक हबिबुल्लाह मुसलमानलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
दिवसका अवसरमा सुठौलीमा आयोजित कार्यक्रममा प्रजिअ चक्रपाणी पाण्डेयले एउटै जिल्लामा २ वटा ठूला भन्सार कार्यालय हुनु राम्रो कुरा भएको बताउनु भयो । उहाले ३ वर्षअघि स्तरोन्नती गरिएको सुठौली भन्सार कार्यालयका स्तरलाई बढाउँदै लानु पर्ने बताए। उनले सुठौली भन्सारमा यार्ड, धर्मकाटा लगातयका सुविधा तत्कालै बनाउनु पर्ने बताउनु भएको छ ।
भन्सार यार्ड निर्माणका लागि आठ, दश बिघा जमिन आवश्यक पर्ने भएकाले आवश्यक जमिनका लागि पहल गर्न सबैमा अपील गर े। उहाले भारतीय सवारी साधनलाई व्यवस्थित गर्नु पर्ने बताए । कार्यक्रमा सुठोली भन्सारलाई जग्गा दान दिने सोमनाथ चौधरी, व्यवसायी श्रीराम मिश्रा, नासु रणबहादुर बुढा, कार्यालय सहयोगी ओमबहादुर थारु, र प्रथम डिजिटल पेमेन्ट गर्ने दिलीप कहारलाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको थियो । भन्सार स्तरोन्नती अघि सो नाकाबाट दैनिक उपभोग्य सामाग्री र कृषी सामाग्री सामाग्री आयात हुदै आएको थियो । तर अहिले भने सदरमुकाम तौलिहवा जोडिएको सो नाकाबाट थप सिमेन्टको क्लिङ्कर, डिओसी, फिड सप्लिमेन्ट, लत्ता कपडा र मेसिनरी सामाग्री आयत हुन थालेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया