

अफ्रिकन कप अफ नेसन्स : रङ्गशालामा भागदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गयो



एजेन्सी
अफ्रिका कप अफ नेसन्स अन्तर्गत क्यामरून रङ्गशालामा भाडदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।
प्रि–क्वाटर फाइनलको खेल हेर्न रङ्गशाला बाहिर भेला भएको भिड अनियन्त्रित हुँदा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा केही घाइते भएका छन् । क्यामरून र कोमोरसबीचको अन्तिम १६ को खेल हेर्न मैदान प्रवेशका क्रममा घटना भएको हो ।
क्यामरूनको मध्य क्षेत्रीय गभर्नर पउल वियाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताउनुभएको छ । रङ्गशालाको क्षमता ६० हजार भए पनि कोरोना सङ्क्रमण जोखिमका कारण ८० प्रतिशत समर्थकलाई मात्र मैदान प्रवेशको अनुमति दिएको थियो । घटनाकै बीच गएराति भएको खेलमा क्यामरुनले कोमोरोसलाई हराएको छ ।
१० खेलाडीमा सीमित कोमोरोसलाई क्यामरुनले २–१ गाेलले हराउँदै क्वाटर फाइनलमा पुगेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया