कपिलवस्तुमा मेला महोत्सव नगर्न जिल्ला प्रशासनको आग्रह, बिहिबार थप निर्णय आउने

कपिलवस्तु ।
नेपालमा अहिले कोरोना संक्रमणको दर बढ्दै गएपछि सवत्र फेरी चिन्ता थपेको छ । केही दिन यताको तथ्याङ्क अनुसार देशभर कोरोना संक्रमणको दर बढेको छ । संक्रमण दर बढे सँगै देशभर सतर्कताका लागि कडाइ पनि थालिएको छ ।
यता कपिलवस्तु जिल्लामा समेत कोरोनाको जोखिम बढेको भन्दै मेला महोत्सव तथा धार्मिक कार्यक्रमहरुमा प्रतिबन्धको तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले संक्रमण दर बढेका कारण जोखिमबाट बच्न सर्तकता अपनाउन आग्रह गरेको छ । प्रमूख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कोरोनाको जोखिम फेरी बढेको र गृहमन्त्रालय र नेपाल सरकारको शिफारिस अनुासर कपिलवस्तुमा पनि सतर्कताका उपाय अपनाइने बताउनुभयो ।
यसैबिच उता काठ्माण्डौ उपत्यकाका तीन जिल्लाहरुले लकडाउनको घोषणा नै गरेका छन भने राजनितिक भेला, तथा महोत्सव र मेलाहरु आयोजनामा पनि प्रतिबन्ध लगाएका छन् । यता कपिलवस्तु प्रशासनले पनि बिहिबार डिसिसिएमसीको बैठक बस्ने तयारी गरेको छ । सोही बैठकले औपचारीक निर्णय गर्ने र कुन कुन क्षेत्रलाई प्रतिबन्ध गर्ने भन्ने टुङ्गो लगाउने तयारी छ ।
अहिले कपिलवस्तुमा मेला महोत्सव आयोजनाको तयारी छ भने सडक खान महोत्सव सहित थारु जातीको माघी मेला आयोजनाको पनि तयारी छ । यस्तो अवस्थामा कपिलवस्तुमा निषेधाज्ञा वा प्रतिबन्धको तयारी के छ भनि हामीले प्रमूख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई सोधेका छौँ । संवाद ।।
कपिलवस्तु जिल्लामा अहिले कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै कृष्णनगर नाकामा स्वास्थ्य परिक्षणका लागि हेल्प डेक्समार्फत चेकजाँच गर्ने गरीएको छ । भारतबाट नेपाल आउने नागरिकहरुमा सो नाकामा कोरोना पुष्टी पनि भइरहेको । भारतबाट नेपाल आउने नागरिकहरुमा सो नाकामा कोरोना पुष्टी पनि भइरहेको छ । जोखिम बढेको भन्दै स्वास्थ्य सर्तकता अपनाउन पनि प्रमूख जिल्ला अधिकारी पाण्डेले आग्रह गर्नुभएको छ ।
कपिलवस्तुका तीनवटा मेला आयोजनाका लागि स्विकृती दिइएको भए पनि हालका लागि स्थगित गर्न आग्रह गरिसकिएको प्रनि प्रजिअ पाण्डेले बताउनुभयो । यस्तै माघी पर्वका बेला आयोजना हुने मेला तथा महोत्सवमा पनि प्रतिबन्ध गरीले उहाँले बताउनुभयो । पर्वहरु पारिवारीक सदभावका साथ सामान्य किसिमले मनाउन पनि उहाँले आग्र गर्नुभएको छ ।

यसैबिच कपिलवस्तुको बाणगंगामा पहिलोपटक आयोजनाको तयारी गरिएको प्रथम बाणगंगा सडक खाना महोत्सव स्थगित गरिएको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्येनजर गरि सडक खाना महोत्सव हालका लागी स्थगित हो ।
गृह मन्त्रालयको परिपत्र तथा कोरोनाको बढ्दो प्रभावका बीच भिडभाड, मेला, महोत्सव लगाउन उचित नहुने भएकाले हालका लागी निर्धारित प्रथम बाणगंगा सडक खाना महोत्सव स्थगित गर्नु परेको संयोजक बुद्धि बहादुर रोकाहा क्षेत्री (दिनेश) ले जानकारी दिए ।
कोरोनाको संक्रमण दर हेरेर अनुकुल समयमा प्रथम बाणगंगा सडक खाना महोत्सव भव्यताका साथ गरिने निर्देशक सुसिल सिंह ठकुरीले बताए ।
बाणगंगा नगरपालिका वडा नं.४ को आयोजनामा यही पुस २९ र ३० गते चारनम्बर जीतपुरचोकमा प्रथम बाणगंगा सडक खाना महोत्सव आयोजनाको तयारी गरिएको थियो ।

बिहिबार बैठक बसेर अन्य विषयमा पनि निर्णय हुने जिल्ला प्रशासनको तयारी छ । सिसिएमसी र शिक्षा मन्त्रालयको निर्णय अनुसार विद्यालय बन्द हुने पनि प्रीजअ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै