

दाङका विद्यालयमा कोरोना संक्रमण फैलिदै, शैक्षिक संस्थाहरु बन्द गर्न स्वास्थ्यकर्मीहरूको सुझाब

तुलसीपुरमा केही दिनयता विद्यालयमा तीब्र रुपमा कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्यकर्मीहरू चिन्तित बनेका छन् । विद्यालयका शिक्षक र विद्यार्थीहरूमा कोरोना पुष्टि भएपछि चिन्ताको अवस्था आएको उपमहानगरका कोभिड-१९ फोकल पर्सन विमल केसीले बताए ।
दाङको तुलसीपुरमा बिहीबार मात्रै थप ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४२ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको परिक्षणका क्रममा गुरु जजुर माविका ११ जना विद्यार्थी तथा शिक्षक, सेन्टर मावि तुलसीपुरका १५ जना विद्यार्थी तथा शिक्षक, ८ जना स्वास्थय कर्मी र समुदायका थप ११ जनामा संक्रम पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए।
यसअघि अश्वारा माविका विद्यार्थी र शिक्षकमा संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ।
बिहीबार २५ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले बताए। नयाँ संक्रमितको उमेर समूह १३ वर्षदेखि ५९ वर्षसम्मका व्यक्ति छन्। यससँगै तुलसीपुरमा ५ दिनमा ८४ जना सक्रिय संक्रमित पुगेका छन्।
यसका साथै संक्रमित २० जनाको स्वाब थप अनुसन्धानका लागि नेपालगञ्ज पठाइएको फोकल पर्सन केसीले बताए।
त्यस्तै, अन्य केही दिनमा भेरियन्ट पहिचानका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइने तयारी गरिएको केसीले जानकारी दिए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया