

अर्घाखाँचीमा चालक र सह–चालकको निःशुल्क स्वास्थ्य परिक्षण


अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका स्थित बस पार्कमा चालक तथा सहचालकहरुलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त आयोजना तथा अर्घाखाँची अस्पताल र आँखा अस्पताल अर्घाखाँचीको सहकार्यमा चालक र सह–चालकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
दुर्घटना न्यूनीकरणको लागि लामो तथा छोटो दुरीमा गुडने विभिन्न सवारीचालक र सह–चालकलाई स्वास्थ्य शिविर राखेर निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो ।
आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी कार्यालयले आँखा समेत जाँच गरिदिएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रविन आचार्यले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा १ सय ४१ चालक तथा सहचालकले आँखा तथा शरीरको स्वास्थ्य जाँच गराएका छन् ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया