तिनाउ–दानव करिडोर विवाद : बुटवलमा थाल ठटाएर विरोध

बुटवल ।
रुपन्देहीको तिनाउ–दानव करिडोर पीडित संघर्ष समितिले बुटवल उपमहानगरपालिकामा एक घण्टा गेट अगाडि थाल ठटाएर प्रदर्शन गरेका छन् । करिडोर पीडितहरूको उचित व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिको आव्हानमा मंगलबार उपमहानगरपालिकामा थाल ठटाएर प्रदर्शन गरेका हुन ।
शान्तिपूर्ण प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले करिडोर पीडित सबै सुकुम्बासीलाई लाल पुर्जा दे, करिडोर पीडित सबैलाई उचित व्यवस्था गर, मत र कर वैध जनता किन अवैध, विकासको नाममा जनताको बिचल्ली र विनाश गर्न पाइदैन, यस्ता मेयर चाहिदैँन,सयुक्त संघर्ष समिति एकता जिन्दावाद ,करिडोर पीडित जनता एक हौ लगायतका नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघर्ष समितिका उपाध्यक्ष राजु शाहीले आफूहरुको माग सुनुवाइ नभएकोले थाल बजाएर प्रदर्शन गरेको बताए । माग सम्बोधनको लागि शान्तिपुर्ण प्रदर्शन, नगरपालिका घेराउ, राजनीतिक दल सहितको प्रतिबद्धता सभा लगायतका कार्यक्रम गर्दा समेत नगर प्रमुख शिवराज सुवेदीले प्रभावित बासिन्दाको मागलाई सम्बोधन नगरिएकोले आफूहरूको माग पूरा नभए उपमहानगरपालिका गेट अगाडि अर्घनग्न प्रदर्शन र नगरका सबै वडा कार्यालयसहित नगरपालिकामा तालाबन्दी गरि सम्पूर्ण कामकाज ठप्प पार्ने संघर्ष समितिका सल्लाहकार वीरेन्द्र बहादुर बिकले बताए ।
करिरोड बनाउँदा करिब २ हजार घरपरिवार विस्थापित हुनुपर्ने भन्दै यसबारे नगरपालिकाले कुनै वास्ता नगरेको भन्दै संघर्ष गरिहेको स्थानीय शुसिला घर्ती मगरले बताइन्। तिनाउ दानव करिडोर संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सयौंको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

खबर सबै