

बुटवलका युवाहरू हरेक दिन निःशुल्क टिप्छन् मेलाको फोहोर


रिसव आचार्य/बुटवल
बुटवलमा लागेको चौथो राष्ट्रिय औद्योगिक पदर्शनी तथा व्यापार मेलामा दिनभर हजारौंको उपस्थिती रहन्छ । साँझ परेपछि अझै रौनक थपिन्छ मेलामा ।
साँझैसम्म दर्शकहरु मेलामा रमाईरहेका हुन्छन् । दर्शकले मेलामा गरेको फोहोर व्यवस्थापनका लागि लाखौं रुपैयाँ खर्च गरेर सफाईकर्मी राख्नुपर्ने थियो । तर बुटवलमा यस्तो छैन । फेरी इन्भाइरोमेन्टल सर्भिसेसका युवाहरुले हरेक दिन विहान मेलामा भएको सबै फोहोर व्यवस्थापन गर्दै आएका छन् ।
उनिहरु विहानै मेला स्थलमा पुग्छन् र अघिल्लो दिन साँझै सम्म भएको फोहोर टिप्न थाल्छन् । गत पौष ८ गते देखी लागेको मेलामा भएको फोहोर मैला व्यवस्थापनमा लागेका युवाहरुले पर्दशनीस्थल भित्र फोहोर फ्याँक्नका लागि डष्टविनको व्यवस्था समेत गरेका छन् ।
विहान फोहोर टिप्ने युवाको समुहले दिउँसो दर्शकहरुलाई आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्न र डष्टविनमा राख्न अनुरोध पनि गर्दै आएका छन् । यि युवाहरुको सहुमले बुटवलको मेलामा मात्र हैन बुटवलका विभिन्न स्थानमा सरसफाई सम्वन्धि जनचेतना फैलाउने काम समेत गर्दै आएका छन् । आफुहरुले युवाहरुलाई सभ्य र सकारात्मक रुपान्तरणमा सहभागि बनाउन अभियान चालेको संस्थाका सञ्चालक अभय पौडेल र कमल तिवारीले जानकारी दिनुभयो ।
यसैगरी संस्थाका अध्यक्ष उमेश पौडेलले आफुहरुको अभियान पर्दशनी चल्नेसमसम्म मात्र नभई गाउँ, टोल र बजारहरुमा जथाभावी फोहोर गर्ने प्रवृतिको अन्त्य नभएसम्म सञ्चालन हुने बताउनुभयो । समुहले सबैलाई वातावरण मैत्री अभियानमा संलग्न भई आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने वानीको विकास गर्न समेत अनुरोध गर्दै आएको युवा अभियान्ता नवीन पौडेल ले बताउनु भयो ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया