

देखिन थाले जगदीशपुर तालभरि पाहुना चरा



कपिलवस्तु । देश विदेशका चराको गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । तालभरि चरा देखिन थालेपछि पर्यटक आकर्षण पनि बढेको छ ।
तालमा अहिले मरुल, सिलसिले हाँस, बिजुला गैरी, सुनजुरे हाँस, खडखडे र सिन्दुरे हाँस प्रशस्त देखिएका छन् । त्यस्तै सुइरोपुच्छ, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, नादुन, बगाले सिमकुखुरा, जलेवा, सुइरोठुटे, मालक र हरियो टाउकेहाँस पनि उत्तिकै छन् ।
विश्व सिमसार क्षेत्रमा रहेको सूचीकृत ताल अहिले चरामय बनेको हो । उत्तरी धु्रवमा हिमपात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । चराविद् सोम जीसीका अनुसार बढी चिसो हुने हुँदा उता चराले खाने चारो पाउँदैनन् । जीवनयापन पनि उस्तै गाह्रो हुन्छ ।
त्यसैले हिउँद यामको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, तालतलैया र नदी आसपास हजारौँ चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काई पनि जाने गर्छन् ।
रुस, चीन, मङ्गोेलिया, कोरिया साथै युरोपबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एसियाका तुर्केमिनिस्तान, अजरबैजान, किर्गिस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् ।
नेपालमा बर्सेनि १५० भन्दा बढी प्रजातिका चरा आउँछन् । जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि यहाँ भने चरा बढ्नु राम्रो भएको चराविद् जिसीले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया