वर्षाले कपिलवस्तुका किसान खुसी

कपिलवस्तु । मौसममा फेरबदल आएसँगै कपिलवस्तु लगायत देशका विभिन्न जिल्लामा वर्षा र हिमपात भएको छ । वर्षा हुँदा कपिलवस्तुको जनजीवन प्रभावित बन्दै गएको छ ।

वर्षाले जनजिवन प्रभावित बने पनि किसानको अनुहारमा खुसी देखिएको छ । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएकाले चिन्तामा रहेका किसान वर्षा भएसंगै खुुशी भएका बुद्धभुमी –१ भेलाईका बड्घर९अघुवा० साधुराम थारुले बताए । वर्षाले खेतमा छरेका गहुँलाई राम्रो हुने उनले बताए। यसपाली समयमै गहुँले पानी पाएकाले उब्जनी राम्रो हुने हुनको भनाई छ ।

प्रतिक्रिया

खबर सबै