

भारतमा ‘मदर टेरेसा च्यारिटी’ ले अबदेखि विदेशी सहायता लिन नपाउने



काठमाण्डाै
भारतमा ‘मदर टेरेसा च्यारिटी’ ले अबदेखि विदेशी सहायता लिन नपाउने भएको छ ।
इसाई नन मदर टेरेसाद्वारा स्थापित परोपकारी संस्थाले पछिल्लो समय इसाई धर्मको प्रचारप्रसार गर्नुका साथै नागरिकलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको भन्दै भारत सरकारले विदेशी सहायता लिनबाट यो संस्थालाई रोक लगाएको हो । यस्तै, मदर टेरेसाको परोपकारी संस्थाको नवीकरण पनि रोकिएको छ ।
संस्थाले नवीकरणका लागि दिएको आवेदनलाई अस्वीकृत गरिएको भारतको गृह मन्त्रालयले जनाएको छ । मदर टेरेसा च्यारिटीले स्वास्थ्य, शिक्षा र अनाथहरुका लागि गर्दै आएको छ । तर, पछिल्लो समय सामाजिक सेवासँगै इसाई धर्मको प्रचार गरेको आरोप लागेपछि यो संस्था विवादमा परेको छ ।
युरोपको तत्कालीन मेसेडोनियाबाट भारतको कोलकाता आएकी क्याथोलिक अनुयायी मदर टेरेसाले सन् १९५० मा मदर टेरेसा च्यारिटी स्थापना गर्नुभएको थियो । मानवीय कार्य र परोपकारमा योगदान पुर्याएको भन्दै सन् १९७९ मा उहाँलाई नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया