

एमाले कपिलवस्तुको सम्मेलन २३ पुषमा हुने



कपिलवस्तु ।
नेकपा (एमाले) कपिलवस्तुको जिल्ला सम्मेलन पुस २३ गते हुने भएको छ । जिल्ला पार्टीको तेश्रो पूर्ण बैठकवाट ९ औ सम्मेलन पुस २३ मा सिद्धार्थ क्याम्पसको सभाहलमा आयोजना गर्ने निर्णय भएको हो ।
एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आफुले अब जिल्ला अध्यक्षमा नदोहोरीने घोषणा गर्नुभएको छ । त्यस्तै उहाँले भन्नुभयो,“नयाँ नेतृत्वका लागि फिल्ड खाली भयो तपाईहरु मध्ये उपयुक्त पात्रले दाबी र तयारी गर्नुहोस”।
अहिलेसम्म अध्यक्षका लागि पूर्व उपाध्यक्ष रहेर धेरै वर्ष काम गर्दै अहिले प्रदेश कमिटी सदस्यमा रहनु भएका नेत डम्मर शर्मा र वर्तमान उपाध्यक्ष बाबुराम खनालले आ–आफ्ना इच्छा प्रकट गर्नुभएको एमाले नेताहरुले बताएका छन् । पछिल्ला दिनमा प्रदेश सदस्य खुम प्रसाद आचार्यले समेत अध्यक्षमा आफ्नो इच्छा प्रकट गरेको एमाले बृत्तमा चर्चामा छ ।
यसैबीच नेकपा एमालेको पोलिटब्यूरो सदस्य एवम लुम्विनी प्रदेश सह इन्चार्ज बिमला घिमिरेले कपिलवस्तु जिल्लालाई एमालेमय बनाउने काममा निरन्तर सफलता हासिल भएको वताउनु भएको छ । कपिलवस्तुको बिजयनगरमा सम्पन्न नेकपा एमाले कपिलवस्तुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता घिमिरेले पुस २३ मा हुने नवौं जिल्ला सम्मेलनबाट सर्बसहमत रुपमा नेतृत्व छनौट गरेर उदाहरणीय सन्देश दिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया