

पाँच किलो चाँदीसहित रुपन्देहीमा दुईजना पक्राउ


काठमाडौं ।
रुपन्देहीमा भारतबाट अवैध रुपमा भित्र्याइएको चाँदीसहित दुई जना पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ४० वर्षीय कुरेश सुनार र सोही स्थानका २४ वर्षीय अनिल वर्मा पक्राउ परेका हुन् । उनीहरुले ४ लाख ७० हजार ९ सय ८१ रुपैयाँ बराबरको ४ किलो ९ सय ग्राम चाँदी ल्याउँदै गर्दा कोटहीमाई गाउँपालिका–६ दुई मुहानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु १९ प ५१५९ नम्बरको मोटरसाइकलमा उनीहरुले भारतबाट अवैध रुपमा चाँदी ल्याएका थिए । त्यस्तै प्रहरीले मायादेवी गाउँपालिका–६ बाट २ सय मिटर काचो कपडा र ६ बोरा चिनी गरी ६ लाख २ हजार ४ सय ८१ बराबरको सामान स्थानीयको रोहबरमा बरामद गरेको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया