

एमसीसी विरुद्ध कपिलवस्तुमा प्रदर्शन, परिमार्जन होइन खारेज हुनुपर्ने माग



कपिलवस्तु ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विरुद्ध कपिलवस्तुमा प्रदर्शन भएको छ । मंगलबार कपिलवस्तु सहित रुपन्देही,अर्घाखाँची लगाएतका जिल्लाका विभिन्न स्थानमा विभिन्न दलाहरुले विरोध तथा प्रर्दशन गरेका छन ।
यता कपिलवस्तुको चारनम्बर चोकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा (एमसीसी) सम्झौता विरुद्ध गरेका हुन् । जिल्लाका विभिन्न ठाउँबाट सुरु गरिएको विरोध कार्यक्रम चारनम्बर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले एसीसी सरकारमा आवद्ध विभिन्न पार्टीका नेताहरुले सम्झौताका केही बुदाँहरु परिमार्जन गरि संसोेधन गरेर गर्नुपर्ने बताएमा आपत्ति जनाउनुभयो । अध्यक्ष आचार्यले एमसीसी राष्ट्रघाति सम्झौता भएको दाबी गर्दै सिधै खारेजी गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला नेता घनेश्वर पोख्रेलले एमसीसी सम्झौता नेपाली जनताको हित विपरित रहेको बताउँदै देशका केही नेताको सिमीत स्वार्थ पुरा गर्नका लागी एमसीसी सम्झौता गरिएको बताउनुभयो । उहाँले सम्पूर्ण नेपाली जनतालाई एमसीसी सम्झौताको विरुद्धमा आवाज उठाउन आवहा्न समेत गर्नुभएको छ ।
सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीले एमसीसी चाहिदैनँ, देश बेच्न पाइदैनँ, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले ‘नो एमसीसी’, ‘रिजेक्ट एमसीसी’, ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । एमसीसीविरुद्ध देशभर प्रदर्शन हुदैं आएको छ ।
एमसीसी सम्झौताबारे सरकारमा रहेका सत्तागठन्धनभित्रका नेताहरुबीच नै विवाद कायम रहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी












प्रतिक्रिया