

जसपाको कार्वाही पछि मंगल गुप्ता एमालेमा गए



राजेन्द्र खनाल कपिलवस्तु । कपिलवस्तु स्थित जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य मंगल प्रसाद गुप्ताले अन्तत जसपा परित्यागको घोषणा गर्नुभएको छ । उहाँले जसपा परित्याग गर्दै नेकपा एमाले रोज्नुभएको हो ।
आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको नेता गुप्ताले बताउनु दावी पनि गर्नूभयो । नेकपा एमाले जिल्ला कार्य समिती कपिलवस्तुको आयोजनामा कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभा कार्यक्रममा एमाले प्रवेश गरेपछि अब क्षेत्रलाई एमालेमय बनाउने उहाँले दावी पनि गर्नुभयो । जसपा नेता गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको हो ।
जसपाको कार्वाही पछि एमालेमा गुप्ता
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रहेका मंगल प्रसाद गुप्तालाई पार्टीको गतिविधि नमानेको र फरक गतिविधि गरेको भन्दै जसपाले एक पहिना पहिले नै कार्वाही गरेको थियो । जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवका अनुसार गुप्ताले गत महिना पार्टी अध्यक्ष उपेन्द्र यादव कपिलवस्तु आउँदा समेत पार्टीको निर्देशन विपरित काम गरेका कारण उनलाई कार्वाही गरेको थियो ।
“हामीले उनलाई एक महिना पहिले नै कार्वाही गरेका थियौँ, जिल्ला अध्यक्ष यादवले भन्नुभयो, उनी पार्टीको राजनितिक लाइन विपरित हिडेका थिए, अहिले एमालेमा गए उनी एमालेमा जाँदैमा जसपालाई कुनै असर पर्दैन ।”
नेता मंगल गुप्ता गत महिना जसपा अध्यक्ष उपेन्द्र यादव कपिलवस्तु आउँदान नै पार्टीको कार्यक्रममा सहाभागी भएनन् । जसपाबाट विभाजित बनेका लोसपा नेता महन्त ठाकुर पक्षका गुप्ता पार्टी विभाजन हुँदा जसपा रोजेका थिए । उनी यस अघि महन्त ठाकुर नेतृत्वको तराई मेधेश लोक्तान्त्रिक पार्टीमा थिए । पार्टी एकता पछि उनी ठाुकर सँगै जसपा हुन पुगे । पछि उनले पार्टीबाट ठाकुर सहित राजेन्द्र महतोले अर्काे दल लोकतान्त्रिक समाजवादी खोले सँगै जसपा रोजेका थिए । अहिले भने पार्टीभित्र असन्तुष्टि जनाउँदै गुप्ताले एमाले रोजेका हुन ।
यता जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले नेकपा एमालेले प्रचार गरे जस्तो जसपाबाट गुप्ता बाहेक अरु कुनैपनि नेता एमालेमा प्रवेश नगरेको दावी गरेका छन् । कपिलवस्तुमा जसपा नेपाल संगठित रहेको भन्दै जिल्ला अध्यक्ष यादवले कार्यक्रताहरुलाई ढुक्क हुन आग्रह गर्नुभयो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया